तिहारमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बिगमार्टबाट सामान किन्दा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले (GBIME) तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ ।

यस छुट योजना अन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३०० रूपैयाँसम्म छुट पाउनेछन् । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बताएको छ ।

ग्लोबल आइएमई बैंकको ७६ जिल्लामा बैंकको २८३ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्र रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स