काठमाडौं । नेपाल लाइफ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनिष घिमिरे नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकले घिमिरेलाई चार वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजीबजारमा एक दशकभन्दा लामो अनुभव छ ।
नेपाल लाइफ क्यापिटलमा आवद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्ष भन्दा बढी समय कार्यसम्पादन गरेका छन् ।