नबिल बैंकका सीईओ ढुंगानाको २ वर्ष कार्यकाल थपियो

काठमाडौं । नबिल बैंक लिमिटेडले प्रमुुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको २ वर्ष कार्यकाल थपिएको छ । ढुंगानाले बैंक सम्हाल्ने जिम्मेवारी थप २ वर्षका लागि पाएको हो ।

बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार ढुंगाना असार १७ गतेबाट लागू हुने गरी २ वर्षको कार्यकाल थपिएको हो । ढुङगानाले नबिल बैंक र नेपाल बंगलादेश बैंक एक आपसमा गाभिएपछि २०७९ असार १७ गते २ वर्षका लागि नियुक्ति पाएका थिए ।

बैकिङ क्षेत्रमा लामो अनुभव सँगालेका पायोनियर बैंकर ढुंगानाले नेपाल बंगलादेश बैंकमा १० वर्ष सीइओ भएर कार्य सम्पादन गरेका छन् । त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए ।

ढुंगाना नेपाल सरकारको ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भैसकेका छन् । लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स