मौद्रिक नीतिको समीक्षा गर्न शुक्रबार राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, खुकुलो नीति अपनाउने

काठमाडौं ।  मौद्रिक नीतिको समीक्षा गर्न शुक्रबार बिहान ८ बजे नेपाल राष्ट्र बैंकको बोर्ड बैठक बस्ने भएको छ । बोर्ड बैठकको लागि सबै सदस्यलाई आज निम्ता समेत प्रदान भैसकेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको अनुसार तेस्रो त्रैमासिक समीक्षाको लागि बैठक बस्न लागेको हो ।
भोलिको बैठकले कहि मौद्रिक व्यवस्थाहरु संशोधन गर्ने छ । अर्थतन्त्र चलायमान बनाउन केहि नीति खुकुलो बनाउने बुझिएको छ ।
अबको संशोधित नीति २ महिना मात्रै कार्यान्वयन हुन्छ । त्यसकारण अहिलेको अवस्थालाई सहयोग होस् भनेर केहि औजार चलाउन लागिएको बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स