१० वाणिज्य बैंकको प्रति सेयर आम्दानी घट्यो, सूची सहित

काठमाडौं । वाणिज्य बैंकहरुले मुनाफा उल्लेखिय सुधार देखिए पनि प्रतिसेयर आम्दानी भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ वटा बैंकले नाफा बढाए पनि प्रति सेयर आम्दानी भने १८ वटा बैंकको मात्र बढेको छ ।

गत वर्षको तुलनामा चालु आवमा १० वटा वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घटेको छ । चुक्ता पुँजीको आधारमा बैंकहरुले नाफा वृद्धि गर्न नसक्दा प्रतिसेयर अम्दानी घट्न पुगेको हो ।

नेपाल बंगलादेश, प्रभु बैंक, प्राइम बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाडौं बैंक, कृषि विकास बैंक र कुमारी बैंकको प्रति सेयर आम्दानी घटेको छ ।

प्रति सेयर आम्दानीको आधारमा राष्ट्रिय वाणिज्य बैंक शीर्ष स्थानम छ । पहिलो त्रैमासमा बैंकको प्रति सेयर आम्दानी ४१.२६ प्रतिशत छ । गत वर्ष सोही अवधिमा बैंकको प्रति सेयर आम्दानी ३६.८४ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी ४.४२ प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरुको प्रति सेयर अम्दानी

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स