अमेरिकी डलरको भाउ घट्दा अन्यको विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ घट्दा अन्य विदेशी मुद्राहरुको विनियमदर भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरुको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा थियो।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३८ र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५० पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २२ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स