साढे ३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८४ लाख ९० हजार कित्ता सेयर ३ अर्ब ७० करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पीपल्स् पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १० करोड ९४ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ९८ लाख, सोनापुर मिनरल्स्को ७ करोड ८२ लाख, शिवम् सिमेन्टको ७ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स