काठमाडौं । आज बुधबार अमेरिकी डलरको मूल्य घटेको छ भने अन्य विदेशी मुद्राहरुको विनियमदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरुको मूल्य बढेको भाउ सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो।
युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ । हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४९ पैसा थियो ।
बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३८ र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २३ र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसा थियो ।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५९ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५९ पैसा थियो ।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३१ पैसा थियो ।