काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।
सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। अन्यथा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।