सिटिजन्स बैंकको नाफा ६८ अर्ब ७३ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६८ करोड ७३ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ५१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३३.३२ प्रतिशतले बढोत्तरी भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा बैंकको नाफा बढ्न सहयोग पुगेको देखिन्छ । समीक्षा अवधिमा बैंकले एक अर्ब २० करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२४ प्रतिशतले बढेको हो ।

बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ७४.४६ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ६४ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ९९.५२ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंकको निक्षेप २.६१ प्रतिशतले बढेको छ भने कर्जा ७.८५ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी सामान्य घटेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिसेयर आम्दानी ८३ पैसाले घटेर २१ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस बैंकको मूल्य आम्दानी अनुपात १४.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स