नेपाल बंगलादेश बैंकको नाफा ४१ करोड १६ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४१ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत कम हो । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४१ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २७.६६ प्रतिशत घटेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २७.५९ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.५९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०.६१ प्रतिशत घटेको छ भने कर्जा ५.०४ प्रतिशत बढेको छ ।

नाफा घटसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६० पैसा घटेर १८ रुपैयाँ २९ पैसामा झरेको छ ।
असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २२.५३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९५ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स