वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा ब्याजदर सामान्य घटेको छ ।

८ वाणिज्य बैंकहरूले जेठ महिनाको ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन् । एनएमबि बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले बढाएका छन् ।

जेठ महिनामा ९ बैंकहरूले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । ब्याजदर स्थिर राख्ने बैंकहरूमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

बैंकहरूले जेठ महिनामा औषतमा ७.०६ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। वैशाख महिनाको तुलनामा जेठमा १९ बैंकहरूको औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु कम हो । बैंकहरूले वैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७.१४ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका थिए । संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा ०.०७ प्रतिशतविन्दु घटेको छ ।

एनएमबि र एनआईसी एशिया पैसा राखे पाइन्छ बढी ब्याज

जेठ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । यी दुबै बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.८ प्रतिशतका दरले ब्याज दिने भएका हुन्। संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.८ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

सबैभन्दा कम ब्याजदर भने नेपाल एसबिआई बैंकको रहेको छ । सो बैंकले व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स