सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् ।

कम्पनीको गत वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो । बैठकले शर्मालाई सोही दिनदेखि लागू हुने गरि नियुक्त गरेको हो ।

उनी यसअघि निर्वाचन आयोगकी पूर्व निर्वाचन आयुक्त हुन् । उनको अन्तरराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।

त्यस्तै, सोही बैठकले सीता कार्की (केसी) ले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स