काठमाडौं । पछिल्लो समय नेपालबाट विदेश जानेको लर्को बढ्दो छ । कोहि पढ्नका लागि त कोहि रोजगारीका लागि । रोजगारीका लागि गएकाले नियम अनुसार काम गर्छन भने विद्यार्थीहरूले निश्चित समय काम गर्छन् । यसरी विदेशमा गएकाहरूको देश र काम, अझ भनौ उनीहरूको क्षमताअनुसार कमाइ हुन्छ ।
पहिला पहिला विदेशी भूमीमा कमाएको पैसा घर फर्कदा आफै बोकेर आउथे भने कतिपयले एजेन्टमार्फत आफ्नो परिवारलाई पैसा पठाथे । अहिले त्यो झण्झट गरिराख्नु पर्दैन । संसारका जुनसुकै कुनाबाट पैसा पठाएपनि तत्कालै आफ्नो घर परिवारको हातमा पैसा पुग्छ । पैसा कहिले आउँछ भनेर कुरेर बस्नु पर्दैन ।
अहिले विदेशी भूमीमा दुःख गरेर कमाएको कमाइ आफ्नो घरपरिवारको हातमा सुरक्षित पैसा पठाउने भरपर्दो र विश्वासिलो माध्यम बनेको छ रेमिट । विदेशमा भएको पैसा स्वदेशमा भित्र्याउन अधिकांश बैंकहरू आफैले रेमिट कम्पनी सञ्चालन गरेका छन् भने कतिपय यस्ता कम्पनी पनि छन् जसले रेमिट कै काम गर्छन् ।
अनौपचारिक माध्यमबाट पैसा नआओस् अर्थात विदेशी भूमीमा पसिना बगाएर कमाएको पैसा वैधानिक च्यानलबाट भित्रियोस् भन्ने हेतुका साथ नेपाल राष्ट्र बैंकले यस्तोे कमाइमा अन्य खाताको भन्दा कम्तीमा १ प्रतिशत बढी ब्याज दिन बैंकहरूलाई सुझाएको छ । यसरी पैसा पठाउँदा बैंकहरूबाट पाउने सुविधा भने प्रायः उस्तै उस्तै हुन्छ ।
पछिल्लो समय समस्त विश्व नै प्रविधिमैत्री बन्दै जाँदा विदेशमा कमाएको पैसा नेपाल भित्र्याउन रेमिटको काम गर्ने कम्पनीहरू र बैंकहरूबीच प्रतिस्पर्धा देखिन्छ ।
ग्राहकले पनि खाता खोलेपछि अति आवश्यक पर्ने सुविधाहरू त्यसबाटै पाइयोस् भन्ने चाहना धेरैको हुन्छ । एउटा बचत खातामा रकम बचत गर्दा मोबाइल बैंकिङ, डेविट तथा क्रेडिट कार्ड, डिम्याट÷मेरोसेयर खाता जस्ता सुविधा निःशुल्क होस् भन्ने चाहना पनि राख्छन् । त्यो स्वाभाविक पनि हो ।
ग्राहकले खोजेको सुविधा सबै बैंकले दिन्छन् भन्ने पनि छैन । बैंकहरूको आ–आफ्नै रेमिट प्रडक्ट पनि छन् । नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । नबिल बैंकको यो खाताबाट आफूलाई अति आवश्यक पर्ने सुविधा एकै ठाउँबाट लिन चाहने ग्राहकको लागि यो खाता उपयुक्त हुन्छ ।
शून्य मौज्दातमा खोल्न सकिने नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्टमा बैंकले व्यक्तिगत बचत निक्षेप खाताहरूमध्ये सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने बैंकका रिटेल लायबिलिटी विभाग प्रमुख उज्ज्वल नेपालले जानकारी दिए । ‘वैदेशिक रोजगारमा रहेका मानिसलाई स्वदेशमा पैसा पठाउन सजिलो होस् भनेर हामीले यो खाता सञ्चालनमा ल्याएको हौं’, उनले भने ‘यो खाता खोल्न श्रम स्वीकृतीसहितको सरकारी कागजात आवश्यक पर्छ ।’
नबिलको मूल नारा नै ‘नबिल भए ढुक्क’ भन्नेृ भएकाले वैदेशिक रोजगारीमा गएकालाई वैधानिक च्यानलबाट पैसा पठाउन सहज होस् भनेर नबिलले यो खाता सञ्चालनमा ल्याएको विभाग प्रमुख नेपाल बताउँछन् । उनका अनुसार यो खाता शुन्य ब्यालेन्समै खोल्न सकिन्छ । कर्जामा समेत विशेष प्राथमिकताको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
आप्रवासी कामदारहरूको लागि औपचारिक बैंकिङ च्यानल मार्फत छिटोछरितो एवं विश्वसनीय तरिकाले नेपालमा पैसा पठाउनका लागि शून्य मौज्दातमा खोल्न सकिने यो खाता बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित ब्याजदर मध्यको उच्च ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ ।
श्रम स्वीकृति (वर्क पर्मिट) अनिवार्य हुनु पर्ने यो बचत खातामा एक प्रतिशत उच्च प्रतिफल प्राप्त हुनुका साथै अन्य थप आकर्षक सेवा सुविधाहरु पनि पाउन सकिन्छ ।
यस्ता छन् आकर्षक सुविधाहरू
१. उच्च ब्याज दर
अन्य खाताको तुलनामा रेमिट्यान्स बचत खातामा कम्तीमा १ प्रतिशत बढि ब्याज प्रदान गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन भएकाले नबिल बैंकमा नबिल प्रिमियम रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकले अन्य बचत खातामा भन्दा उच्च ब्याज पाउने छन् । अर्थात, नबिल बैंकमा रेमिट्यान्स बचत वा मुद्दती खाता खोल्ने ग्राहकले अन्य व्यक्तिगत बचतमा पाउँदै आएको ब्याजदर मध्यको उच्च ब्याजदर प्राप्त गर्ने छन् ।
२. मोबाइल बैंकिङ सुविधा
विश्वका जुनसुकै देशमा रहेका आप्रवासी कामदार नेपाली नागरिकहरूले पहिलो वर्ष सम्पूर्ण मोबाइल बैंकिङ सेवा निःशुल्क प्राप्त गर्ने छन् भने डेबिट कार्डमा पहिलो वर्ष शुल्क लाग्दैन भने क्रेडिट कार्ड सदस्यता शुल्कमात्रै लाग्ने छ । अन्तर्राष्ट्रिय मोबाइल नम्बरबाट पनि मोबाइल बैकिङ सुविधा उपलब्ध भएको प्रमुख नेपाल जानकारी दिए ।
३. आईपीओ आवेदन र डिम्याट खाताको सुविधा
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारिमा गएका नेपालीहरूका लागि नेपाल सरकारले छुट्याएको १० प्रतिशत आईपीओ कोटाका लागि यस खाता मार्फत सजिलै आईपीओ भर्न सकिन्छ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका रोजगारले श्रम स्वीकृती लिएको देशबाट ६ महिनाभित्र ५० हजार रुपैयाँ रेमिट्यान्स पठाउने आरक्षण आईपीओ भर्न पाउने छन् ।
४. लकरमा ५० प्रतिशत छुट
यस बचत खाताका ग्राहकले आफ्ना महत्वपूर्ण कागजात तथा बहुमूल्य वस्तुहरूको सुरक्षाका लागि लकर सुविधा लिन चाहेमा लकर शुल्कमा ५० प्रतिशत छुट सुविधा पनि पाउन सक्ने छन् ।
५. १३ घातक रोगमा बीमामा सुविधा
यो खाता खोल्ने पनि अन्य बचत खातामा जस्तै १३ वटा घातक रोग लागेमा उपचार खर्चबापत तीन लाख रुपैयाँको बीमा सुविधा बचतकर्ताले प्रयोग गर्न पाउँछन् । साथै बचतकर्ताको कुनै कारणले मृत्यु भइहालेमा ७५ हजारको म्यादी जीवन बीमा सुविधासमेत उपलब्ध हुने नेपालले जानकारी दिए । उक्त सुविधा लिनको लागि न्यूनतम दैनिक मौज्दातमा ५० हजार रुपैयाँ बचत हुनपर्ने छ ।
पछिल्लो समय बचतका साथसाथै एकै पटक बीमा सुविधा पनि प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो बचत योजना ल्याएको हो । राष्ट्र बैंकले रेट्यिान्स बचत खातामा १ प्रतिशत ब्याज बढी दिने व्यवस्था ल्याएसँगै बैंकले पनि यो सञ्चालन गरेको हो ।