सांग्रिला डेभलपमेन्ट बैंकको नाफा उल्लेख्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा उल्लेख्य नाफा आर्जन गरेको छ । ५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन आम्दानीमा बढोत्तरी हुँदा बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४२.६३ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६४.२५ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा बैंकको जगेडा कोष ४.५० प्रतिशत बढेको छ । बैंकको निक्षेप ६.९५ प्रतिशत बढेको छ भने कर्जा १४.०८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४९.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स