काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा बिहीबार बस्दैछ । काठमाडौं तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नेका छन् । चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
चुक्त पुँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, सञ्चालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र सञ्चालकसहित ७ जनाको समिति गठन गर्नेछ ।
२०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने भएको छ ।
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक सेयरधनी समूह ‘क’ बाट दुई जना ‘ख’ बाट एक र साधारण समूह ‘ग’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचन पनि गरिनेछ ।