मुक्तिनाथ विकास बैंकको नाफा ३४ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३४ करोड ५५ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै नेट फि कमिसन उल्लेख्य बढ्दा बैंकको नाफा बढेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.४८ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६१.०६ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १६.०२ प्रतिशतले बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ११.८१ प्रतिशतले बढेको छ भने कर्जा १६.६६ प्रतिशतले मात्र बढेको छ ।

चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ७३ पैसा कायम भएको छ । यस बैंकको मूल्य आम्दानी अनुपात २४.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स