काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको सेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीहरू वा संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा रही अन्य व्यक्ति वा संस्थाहरूले सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र सुनसरीको महेन्द्रपथ धरान– १२ स्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूले समेत खरिद गर्न सक्ने बैंकले जनाएको छ ।