काठमाडों । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीहरुको ९७ हजार १५० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बैंकले संस्थापक सेयरधनीहरू सीता गुरुङको ८० हजार कित्ता, दिनेश श्रेष्ठको ७ हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, राम भरोसा वैद्यको ५ हजार ९३८ कित्ता र संजय नारायण श्रेष्ठको एक हजार ३१९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।