नेपाल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, विशेष साधारण सभा आह्वान

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा जेठ ४ गते नेपाल पज्ञा प्रतिष्ठानमा बिहान ११ बजे डाकेको छ । कम्पनीले सभा प्रयोजनका लागि आगामी वैशाख २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले सभामा हाल कायम रहेको जारी तथा चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

हकप्रद सेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स