आइएमई लाइफको व्यवसायमा छलाङ, अन्य सूचकांक कस्ता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७५.७९ प्रतिशतले वृद्धि भएको हो । गत आवमा १८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवमा सो नाफा बढेर ३३ करोड १५ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीले तेस्रो त्रैमाससम्म तीन अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको समीक्षा अवधिको तुलनामा १०.२४ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको व्यापार बढेसँगै कुल आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको कुल आम्दानी तीन अर्ब ५० करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा १७.५२ प्रतिशतले बढेर ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको समीक्षा अवधिमा कम्पनीले तीन अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सो अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड चार लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आवको समीक्षा अवधिको तुलनामा चालु आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.७९ प्रतिशतले बढी हो ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा रहेकोमा चालु आवमा दुई रुपैयाँ ०७ पैसाले बढेर ११ रुपैयाँ ०५ पैसा पुगको छ ।

चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहको यस कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ट अर्निङमा ८५ करोड ९२ लाख रुपैयाँ, सेयर प्रिमियममा एक अर्ब ५२ करोड ५८ लाख र महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ सञ्चिति गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ९० करोड ६७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४९.८० गुणा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ३९ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत आवसम्म कम्पनीको यस्तो खर्च ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स