नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स