राष्ट्र बैंकले गर्यो तीन वटा वाणिज्य बैंकलाई सम्मान, को को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने तीन वटा वाणिज्य बैंकलाई सम्मान गरेको छ ।

राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मान गरेको हो ।

जसमा नेपालमा रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंकको हिस्सा २१.१ प्रतिशत, हिमालयन बैंकको २०.६ प्रतिशत र नेपाल एसबिआई बैंकको १९.१ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले धेरै रेमिट्यान्स भित्र्याउने बैंक मात्रै नभएर रेमिट्यान्स कम्पनीलाई पनि सम्मान गरेको छ । जसमा आईएमई लिमिटेडले २७.५ प्रतिशत, सिटी एक्सप्रेस मनि ट्रान्सफरले १४.९ प्रतिशत र इसेवा मनि ट्रान्सफरले १२.१ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।

विद्युतीय भुक्तानी सेवा प्रदायकमध्ये प्रोत्साहतस्वरूप खल्ती र ईसेवा सम्मानित भएका छन् ।

त्यस्तै, राष्ट्र बैंकले १८ वाणिज्य बैंक र ५ विकास बैंक तथा अरू २३ वटा कम्पनीलाई रेमिट्यान्स कारोबार गर्ने अनुमति प्रदान गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स