बैंकहरूले ४५ खर्ब कर्जा लगानी गरी साढे ४ खर्ब कमाए, कति गरे निक्षेप संकलन र ब्याज खर्च ?

काठमाडौं । बैंकहरूले कर्जा लगानी गरेर औसतमा करिब १० प्रतिशत ब्याज आम्दानी गरेका छन् । बैंकहरूले कर्जा प्रवाह गरेर सो ब्याज स्वरुप सो आम्दानी गरेका हुन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म देशमा सञ्चालित २० ओटा वाणिज्य बैंकले औसतमा ९.९६ प्रतिशत ब्याज आम्दानी गरेका हुन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा वाणिज्य बैंकहरूले ४४ खर्ब ८६ अर्ब १५ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ खर्ब ४७ अर्ब ६ करोड ३९ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन ।

सो अवधिमा वाणिज्य बैंकहरूले निक्षेप संकलन गरे वापत औसतमा ५.६५ प्रतिशत निक्षेप कर्तालाई ब्याज प्रदान गरेका छन् । बैंकहरूको ५३ खर्ब ६७ अर्ब २६ करोड ७३ लाख रुपैयाँ निक्षेप रहेको छ । देशमा सञ्चालित २० वाणिज्य बैकहरूले तेस्रो त्रैमासमा ब्याज खर्च ३ खर्ब ३ अर्ब ३३ करोड ८९ लाख रुपैयाँँ पुगेको छ ।

चालु आर्थिक वर्षको (साउनेदखि चैत) अन्त्यसम्म ग्लोबल आइएमई बैंकले ३ खर्ब ८० अर्ब ६१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेर ३९ अर्ब ६७ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकले अन्य बैंकको तुलनामा सबै भन्दा बढी ४ खर्ब ५९ अर्ब ७७ करोड २६ लाख रुपैयाँ निक्षेप गरेको छ । सो निक्षेपको लागि बैंकले ब्याज खर्च २ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

नबिल बैंकले हालसम्म ३ खर्ब ७९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३५ अर्ब ४३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । सो आम्दानीका लागि बैंकले तेस्रो त्रैमाससम्म ४ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले तेस्रो त्रैमाससम्म २२ अर्ब ८८ करोड ८१ लाख रुपैयाँ ब्याज खर्च गरेको देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब २४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा बैंकको २१ अर्ब ५५ करोड ७० लाख रुपैयाँ ब्याज खर्च भएको देखिन्छ भने बैंकको ४ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ब्याज आम्दानीबाट चालु आवको तेस्रो त्रैमासम्म ३२ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ गरेको छ ।

त्यसैगरी समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८७ अर्ब ८३ करोड रुपैयाँको कर्जा प्रवाह गरेकोमा तेस्रो त्रैमाससम्म २९ अर्ब ५४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ३ खर्ब ६८ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिन्छ । बैंकले १४ अर्ब ६४ करोड ७९ लाख रुपैयाँ ब्याज खर्च गरेको छ ।

एनआईसी एसिया बैंकले तेस्रो त्रैमाससम्म २ खर्ब ८५ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरी २९ अर्ब ४२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको ३ खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ निक्षेप पुगेको छ । बैंकले २१ अर्ब २३ करोड २५ लाख रुपैयाँ ब्याज खर्च गरेको छ ।

तेस्रो त्रैमाससम्म २ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँको कर्जा प्रवाह गरेको कुमारी बैंकको ब्याज खर्च २१ अर्ब १२ करोड ४७ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । बैंकले यस अवधिमा २६ अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको निक्षेप ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै लक्ष्मी सनराईज बैंकले २ खर्ब ५७ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा २६ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले तेस्रो त्रैमाससमम्म १८ अर्ब ४ करोड रुपैयाँ ब्याज खर्च गरेको देखिन्छ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ६१ करोड रुपैयाँ छ ।

हिमालयन बैंकको १८ अर्ब ३७ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । बैंकको तेस्रो त्रैमाससम्म २ खर्ब ४२ अर्ब ९४ करोड कर्जा प्रवाह गरेकोमा २३ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी भएको हो । बैंकको २ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यसैगरी तेस्रो त्रैमाससम्म प्रभु बैंकले कर्जा प्रवाह २ खर्ब ३८ अर्ब ५ करोड, ब्याज आम्दानी २२ अर्ब ४४ करोड, निक्षेप २ खर्ब ७८ अर्ब ३३ करोड, ब्याज खर्च १५ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको छ ।

नेपाल बैंकको प्रवाह कर्जा २ खर्ब २६ करोड, ब्याज आम्दानी २० अर्ब १५ करोड, निक्षेप २ खर्ब ६१ अर्ब ४७ करोड, ब्याज खर्च १२ अर्ब ५२ करोड गरेको छ भने कृषि विकास बैंकको कर्जा प्रवाह १ खर्ब ९९ अर्ब ४८ करोड, ब्याज आम्दानी १९ अर्ब ८२ करोड, निक्षेप २ खर्ब २८ अर्ब ८ करोड, ब्याज खर्च १२ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ ।

सिद्धार्थ बैंकको कर्जा प्रवाह १ खर्ब ९८ अर्ब ३७ करोड, ब्याज आम्दानी १९ अर्ब ५६ करोड, निक्षेप २ खर्ब २६ अर्ब ६६ करोड, ब्याज खर्च १३ अर्ब ५५ करोड रुपैयाँ गरेको छ ।

एनएमबी बैंकको कर्जा प्रवाह १ खर्ब ९२ अर्ब २३ करोड, ब्याज आम्दानी १९ अर्ब ३४ करोड, निक्षेप २ खर्ब २४ अर्ब २७ करोड, ब्याज खर्च १४ अर्ब २९ करोड गरेको छ ।

एभरेष्ट बैंकको कर्जा प्रवाह १ खर्ब ८६ अर्ब ५८ करोड, ब्याज आम्दानी १९ अर्ब २९ करोड, निक्षेप २ खर्ब १४ अर्ब ५७ करोड, ब्याज खर्च ११ अर्ब ३३ करोड गरेको छ ।

प्राइम बैंकको कर्जा प्रवाह १ खर्ब ८६ अर्ब, ब्याज आम्दानी १६ अर्ब ९७ करोड, निक्षेप २ खर्ब २ अर्ब ५४ करोड, ब्याज १३ अर्ब ५५ करोड, सानिमा बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब ६७ करोड, ब्याज आम्दानी १५ अर्ब ७३ करोड, निक्षेप १ खर्ब ८६ अर्ब ९६ करोड, ११ अर्ब १५ करोड रुपैयाँ ब्याज खर्च गरेको देखिन्छ ।

त्यस्तै यता सिटिजन्स बैंकको कर्जा प्रवाह १ खर्ब ५४ अर्ब ४० करोड, ब्याज आम्दानी १४ अर्ब ९३ करोड, निक्षेप १ खर्ब ८२ अर्ब ५० करोड, ब्याज खर्च १० अर्ब ६७ करोड रहेको छ ।

नेपाल एसबिआई बैंकको कर्जा प्रवाह १ खर्ब ३१ अर्ब ८० करोड, ब्याज आम्दानी १३ अर्ब ३२ करोड, निक्षेप १ खर्ब ७४ अर्ब ५६ करोड, ब्याज खर्च ९ अर्ब ७४ करोड आम्दानी गरेको छ ।

माछापुच्छ्रे बैंकको कर्जा प्रवाह १ खर्ब २८ अर्ब ७२ करोड, ब्याज आम्दानी १२ अर्ब ८५ करोड, निक्षेप १ खर्ब ४९ अर्ब ६ करोड, ब्याज खर्च ९ अर्ब र स्ट्रयाण्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह ८७ अर्ब ३८ करोड, ब्याज खर्च ८ अर्ब ७१ करोड, निक्षेप १ खर्ब १० अर्ब ६ करोड गरी ४ अर्ब ७९ करोड ब्याज खर्च गरेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स