३ महिनामा २० बैंकले कमाए पौने १५ अर्ब नाफा, एनआईसी एशिया सबैभन्दा अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजसम्म २० वटा वाणिज्य बैंकहरूले १४ अर्ब ५९ करोड ३ लाख १९ हजार नाफा कमाएका छन् । बैंकहरूले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.३२ प्रतिशतले बढी हो । पहिलो त्रैमासिक विवरण सार्वजनिक गरेका बैंकहरूले गएको आवको सोही अवधिमा १२ अर्ब ५ करोड ९१ लाख ९५ हजार नाफा कमाएका थिए ।

समीक्षा अवधिमा ४ वटा बैंकले अर्बभन्दा बढी नाफा गरेका छन् अन्य बैंकको नाफा अर्बभन्दा तल रहेको छ । चालु आवको यो अवधिमा सबैभन्दा बढी कमाउने बैंकमा एनआईसी एशिया १ अर्ब १८ करोड ६ लाख ९१ हजार नाफा कमाएको बैंकले गत आर्थिक वर्षकोभन्दा १५.६४ प्रतिशतले बढी हो ।

त्यस्तै बढी नाफा कमाउने बैंकमा ग्लोबल आईएमई  दोस्रो स्थानमा परेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब २१ करोड २३ लाख ८८ हजार नाफा गरेको छ । बैंकको गत आवमा १ अर्ब ५ करोड ८८ लाख ४० हजार नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षकोभन्दा ५.०४ प्रतिशतले बढी हो ।

त्यसरी नबिल बैंक बढी नाफा कमाउने बैंकको तेस्रो स्थानमा परेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ नाफा गरेको छ । उसले गरेको यो नाफा गत आर्थिक वर्षको भन्दा ७.३९ प्रतिशतले बढी हो ।

अर्बपतिको क्लबमा परेको अर्को बढी नाफा कमाउने बैंक एनएमबि हो । एनएमबि बैंकले १ अर्ब ४ करोड ४४ लाख ३७ हजार नाफा गरेको छ । बैंकले यो आवमा कमाएको नाफा गएको आवको पहिलो ३ महिनाको भन्दा ४२.४९ प्रतिशतले बढी हो ।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये सबैभन्दा कम नाफा बैंक अफ काठमाण्डूले कमाएको छ । बैंकले समीक्षा अवधिमा जम्मा २५ करोड ६४ लाख १३ हजार रुपैयाँमात्रै नाफा गरेको छ । बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२१ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स