काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकको साढे ३५ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार, ग्लोबल आईएमई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा बैंकको १ प्रतिशतले हुन आउने कुल ३५ लाख ७७ हजार १०५.९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।