वितरणयोग्य नाफामा एभरेष्ट अगाडी, १० बैंक ऋणात्मक

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुको वितरणयोग्य नाफामा गिरावट देखिएको छ । गत वर्षको तुलनामा धेरै बैंकहहरुको वितरणयोग्य नाफामा गिरावट आएको हो ।

तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार १० वटा वाणिज्य बैंकहरु त वितरण योग्यनाफामा ऋणात्मक देखिएका छन् ।
सीमित बैंकले गत वर्ष भन्दा सुधार गरेका छन् । भने केहि बैंकहरु वितरण योग्यनाफालाई ठूलो अंकमा घट्न दिएका छैनन् ।
कुन बैंकको वितरणयोग्य नाफा कस्तो छ ?

एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ, जुन गत वर्ष भन्दा १८ दशमलव २० प्रतिशत घटेको छ । स्ट्याण्डर्ड  चार्टर्ड बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ देखिएको छ । उक्त बैंकको समेत वितरणयोग्य नाफामा २९ दशमलव १८ प्रतिशत घटेपनि दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रहेको नबिल बैंकले १ अर्ब ८१ करोड रुपैयाँ देखिएको छ । गत वर्षको यहि अवधीको तुलनामा १२ दशमलव ७० प्रतिशतले घटेको छ ।

कृषि विकास बैंकले ठूलो प्रगति गरेको छ । यस बैंकले ९३ दशमलव १४ प्रतिशतले वितरणयोग्य नाफा बढाउँदै १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ८३ करोड ४३ लाख छ । जुन गत वर्षको तुलनामा २८ दशमलव ५४ प्रतिशतले घटेको हो ।

सानिमा बैंकको ७५ करोड ६८ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । यस बैंकको पनि ३७ दशमलव १८ प्रतिशतले घटेको हो ।
प्राइम बैंकको वितरणयोग्य नाफा ३१ करोड ३३ लाख रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा ३ दशमलव ९२ प्रतिशतले बढेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको वितरण योग्य नाफामा ८९ दशमलव ८० प्रतिशत घटेको हो । ९ महिना अवधीमा वितरण योग्य नाफा २४ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

प्रभु बैंकले १६ करोड ६५ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यो गत वर्षको तुलनामा निकै घटेको हो । गत वर्ष भन्दा १९१ दशमलव ०३ प्रतिशत घटेको हो । सिटिजन्स बैंकको वितरणयोग्य नाफा १ करोड ८९ लाख रुपैयाँ वितरण योग्य नाफा छ । गत वर्षको तुलनामा ८६ दशमलव ८१ प्रतिशत घटेको हो ।

वितरण योग्य नाफामा १० वाणिज्य बैंक ऋणत्मक

चालू आर्थिक वर्षको ९ महिना अवधीमा १० वटा वाणिज्य बैंकहरु ऋणात्मक देखिएका छन् । सिद्धार्थ बैंक २७ करोड १२ लाख रुपैयाँ ऋणत्मक छ।

त्यस्तै माछापुच्छ्रे बैंक ३० करोड ४५ लाख, ग्लोबल आईएमई बैंक ४२ करोड ३१ लाख, एनएमबी बैंकको ४२ करोड ९२ लाख, नेपाल बैंकको १ अर्ब ४ करोड, लक्ष्मी सनराईज बैंकको १ अर्ब २४ करोड, कुमारी बैंकको १ अर्ब ५७ करोड, एनआईसी एशिया बैंकको १ अर्ब ७२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड, हिमालयन बैंकको ५ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा ऋणात्मक रहेको वित्तिय विवरणमा देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स