बैंकहरूले इम्पेरिमेन्ट चार्ज वापत छुट्याए ४० अर्ब रुपैयाँ, कुन बैंकको कति ?

काठमाडौं । बैंकहरूमा खराब कर्जा बढ्दा लोन लस प्रोभिजन लागि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूको ३९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएका छन् । गत आवको सोही अवधिको भन्दा यस आवमा बैंकले छुट्याएको यस्तो चार्ज २७.३२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरूले ८ अर्ब ५५ करोड ५७ हजार रुपैयाँले बढी हो ।

गत आवको सो अवधिमा बैंकहरूले यस्तो चार्ज वापत ३१ अर्ब ३२ करोड रुपैयाँ छुट्याएका थिए । वाणिज्य बैंकहरूले तेस्रो त्रैमाससम्म इम्पेरिमेन्ट चार्ज वापत २७ अर्ब ३७ करोड रुपैयाँ १४ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएका थिए ।

देशमा सञ्चालित २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी इम्पेरिमेन्ट चार्ज ग्लोबल आईएमई बैंकले छ्ट्याएको छ भने सबैभन्दा चार्ज वापत रकम स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । ग्लोबल आईएमई बैंकले चालु आवको पहिलो त्रैमाससम्म ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत रकम छुट्याएको छ भने स्ट्याण्र्डड चार्टर्ड बैंकले २५ करोड रुपैयाँमात्रै इम्पेरिमेन्ट चार्ज वापत रकम छुट्याएको छ ।

इम्पेरिमेन्ट चार्जको लागि कम रकम प्रोभिजिङ गर्ने बैंकमा दोस्रो बैंक एभरेष्ट बैंकमा परेको छ भने नेपाल एसबिआई तेस्रो नम्बरमा परेको छ । चालु आवको तेस्रो आवसम्म एभरेष्ट बैंकले ६३ करोड ७१ लाख रुपैयाँमा र नेपाल एसबिआई बैंकले ८० करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ । एनएमबि बैंकले समीक्षा अवधिमा ८० करोड ३४ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ ।

यो अवधिमा नेपाल राष्ट्र बैंकले इम्पेरिमेन्ट चार्ज वापत ८१ करोड १० लाख, प्राइम कमर्शियल बैंकले ८९ करोड ५० लाख, माछापुच्छ्रे बैंकले ९४ करोड ४३ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याउँदा सिटिजन्स बैंकले ९८ करोड ५७ लाख रुपैयाँ छुट्याएको छ ।

कृषि विकास बैंकले १ अर्ब ५२ करोड २३ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याउँदा सानिमा बैंकले १ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ छुट्याएको छ । सिद्धार्थ बैंकले १ अर्ब ७० करोड ९९ लाख रुपैयाँ यस्तो चार्जको लागि छुट्याउँदा प्रभु बैंकले १ अर्ब ७५ करोड रुपैयाँ ८६ लाख रुपैयाँ छुट्याएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म एनआईसी एशिया बैंकले २ अर्ब १४ करोड ८५ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ भने हिमालयन बैंकले २ अर्ब २५ करोड ७३ लाख रुपैयाँ छुट्याएको छ ।

समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४ करोड ९७ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याउँदा नबिल बैंकले ३ अर्ब २३ करोड ५९ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ छुट्याएको छ ।

नेपाल बैंकले ३ अर्ब ६६ करोड लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ भने लक्ष्मी बैंकले ५ अर्ब २६ करोड रुपैयाँ यस्तो चार्ज वापत छुट्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स