काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकका अनुसार लगानीकर्ताले काठमाडौं बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरि निवेदन पेस गर्नुपर्नेछ ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने आवेदन माग गरिएकोमा उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।