सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९.४४ प्रतिशतले बढ्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.९८ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ६.१९ प्रतिशत र सञ्चालन मुनाफा ९.६५ प्रतिशतले बढेको छ।

चुक्ता पुँजी ३ अर्ब ४३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ५२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा २.३४ रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४३ पैसाले बढेर १०.४७ रुपैयाँ पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात २८.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.४७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स