कामना सेवा विकास बैंकको नाफा ३३ करोड १३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बेंकले ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलानामा ८.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्ष बैंकले ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २०.५८ प्रतिशत, कुल सञ्चालन आम्दानी २।६६ प्रतिशत र सञ्चालन मुनाफा २.९२ प्रतिशत बढेको छ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ११.६८ रुपैयाँ रहेको छ।

चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ५७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी ५० पैसाले बढेर १३.४७ रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.५१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.३४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स