एनएमबि बैंकको नाफा २ अर्ब २४ करोड

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चैत मसान्तसम्म २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलानामा १६ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६८ करोड २५ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ५ अर्ब ५२ करोड ९९ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ८३ करोड ५ लाख ५३ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३ अर्ब ३० करोड २४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड, जगेडा कोष १० अर्ब ९२ करोड रुपैयाँ, वितरणयोग्य नाफा २७ करोड ३३ लाख रुपैयाँ र खराब कर्जा २.९६ प्रतिशतबाट घटेर २.८६ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स