कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

९ महिनामा बैंकले २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९७.२२ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकले ७ अर्ब २० करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब २४ करोड ७३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप १ खर्ब ९९ करोडबाट बढेर २ खर्ब २८ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि १ खर्ब ७६ अर्बबाट बढेर १ खर्ब ९६ अर्ब पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.२० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ३.३० प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि बढेको छ । बैंकको सञ्चालन मुनाफा सामान्य प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा बैंकको यस्तो मुनाफा ५ अर्ब ६ करोड रुपैयाँबाट वुद्धि भई ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि ७.९० रुपैयाँबाट बढेर १७.९३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स