सानिमा बैंकको नाफा १ अर्ब ४३ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा १५.९० प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ७१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफा पनि घटेको हो ।

समिक्षा अवधिमा बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

इम्पेयरमेन्ट चार्ज भने १ अर्ब १४ करोडबाट बढेर १ अर्ब ५९ करोड पुगेको छ । सञ्चालन नाफा १६.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकको खराब कर्जा १.४७ प्रतिशत विन्दुबाट घटेर ०.६९ प्रतिशत कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ अर्ब ६५ करोड रुपैयाँ जम्मा छ ।

बैंकको प्रतिसेयर आम्दानी ४.२३ रुपैयाँले घटेर १४.२७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १४७.२४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स