माछापुच्छ्रे बैंकले कमायो ८५ करोड ५४ लाख नाफा, ईपीएस कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

९ महिनाको अवधिमा बैंकले ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ । जुन ३६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकले १ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ, सञ्चालन नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकको खराब कर्जा गत वर्षको चैतमा २.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.६८ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ७.७६ रुपैयाँले घटेर ९.८१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४५.५ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स