काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७.२७ प्रतिशतले कम हो । गत आवको चैत्र मसान्तसम्म बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने उल्लेख्य वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी २६.३१ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोहि अवधिमा भने ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ, जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ७८ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब २९ अर्ब रहेको छ ।
त्यस्तै बैंकको खराब कर्जामा भने सामान्य वृद्धि भएको छ । बैंकको खराब कर्ज ४ दशमलव ८१ प्रतिशत पुगेको छ । जुन गत वर्षको सोहि अवधिमा ३ दसमलव ४८ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६० पैसा रहेको छ ।