काठमाडौं । देशमा संचालित २० वाणिज्य बैंकले कर्मचारीका लागि ६३ करोड ५२ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुटाएका छन् । बैंकहरूले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कर्मचारीको बोनसको लागि उक्त रकम छुटाएका हुन् ।
बोनस ऐनअन्तर्गत रोजगारदातालाई प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।
चालु आवको (साउनदेखि फागुन) मसान्तसम्म कर्मचारीलाई सबै भन्दा बढी बोनस दिने पहिलो नम्बरमा नबिल बैंक बनेको छ भने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक, तेस्रो नम्बरमा प्राइम बैंक र चौथौ नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ ।
यो अवधिमा कर्मचारीहरूको लागि ७ करोड ४३ लाख रुपैयाँ बोनसका रुपमा कर्मचारीलाई खर्च गर्ने भएको छ । त्यसैगरी सोही अवधिमा ग्लोबल आइएमई बैंकले ५ करोड ३४ लाख रुपैयाँ, प्राइम र्बैकले ४ करोड ५८ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड ४५ लाख रुपैयाँ कर्मचारीहरूको लागि खर्च गर्ने भएको छ ।
त्यसैगरी साउनदेखि फागुन अन्त्यसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ३१ लाख, हिमालयन बैंकले ३ करोड २४ लाख, एभरेष्ट बैंकले ३ करोड ६४ लाख, एनआईसी एसिया बैंकले ३ करोड ९१ लाख, एनएमबि बैंकले ३ करोड २ लाख, प्रभु बैंकले ३ करोड ३ लाख रुपैयाँ कर्मचारीको बोनसको लागि छुटाएका छन् ।
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले २ करोड १६ लाख, सानिमा बैंकले २ करोड ५८ लाख, माछापुच्छ्रे बैंकले २ करोड १ लाख, कुमारी बैंकले २ करोड ९६ लाख, लक्ष्मी सनराइज बैंकले २ करोड ८९ लाख, कुषि विकास बैंकले १ करोड ४४ लाख, नेपाल एसबी आई बैंकले १ करोड ६२ लाख, नेपाल बैंकले १ करोड १७ लाख रुपैयाँ कर्मचारी बनोस खर्च गर्ने भएको छ ।