काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंस्थित ‘लक्ष्मी हेयर एण्ड ब्यूटी’सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आवद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिन सक्ने बैंकले विश्वास लिएको जनाएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।