नेपाल फाइनान्सको नाफामा भारी गिरावट, इपीएस कति ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीको तेस्रो त्रैमासमा १३ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड ३ लाख रुपैयाँ रहेको थियो । जुन ८७.२५ प्रतिशतले कम हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १३.२८ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको इम्पेयरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँ रहेको छ । नेपाल फाइनान्सको खराब कर्जा दर १३.१६ प्रतिशत विन्दुबाट घटेर ९.२४ प्रतिशतमा झरेको छ ।

हाल कम्पनकिो चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ४२ करोड ३९ लाख रुपैयाँ जम्मा रहेको छ । कम्पनीको वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

त्यस्तै, इपीएस १.८९ रुपैयाँबाट घटेर ०.२४ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३४.८३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स