आज सार्वजनिक बिदाका दिन पनि यी बैंक तथा वित्तिय संस्थाहरु खुल्ला रहने

काठमाडौं । आज देशभर सार्वजनिक बिदा दिइएको छ । सरकारले आज वैशाख ५ गते रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदाको दिन अधिकांश बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, शैक्षिक संस्था बन्द हुने गरेको छ । तर, पनि आज केहि बैंक तथा वित्तिय संस्थाले भने आफ्नो सेवालाई निरन्तर दिदैं शाखाहरु खुल्ला राखेका छन् ।

नबिल बैंकले बागमती प्रदेशको खिचापोखरी, बिजुलीबजार, कुमारीपाटी, जोरपाटी, महाराजगंज, कौशलटार , नारायणगढ र हेटौडा, कोशी प्रदेशको विराटनगर, विर्तामोड, धरान, इटहरी र दमक, मधेश प्रदेशको जनकपुर शाखा कार्यालयहरु खुल्ला रहनेछन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि १ः३० बजेसम्म खुल्ला रहनेछन् ।

सानिमा विकास बैंकको बागमती प्रदेशको गोंगबु, पुतलीसडक, सातदोबाटो, नक्साल,
कुमारीपाटी, सूर्यविनायक, नारायणगढ, हेटौडा, बनेपा, कलंकी, न्यूरोड, चुच्चेपाटी र नयाँ बानेश्वर, कोशी प्रदेशको दमक, इनरुवा, विर्तामोड, गाईघाट, विराटनगर र इ्रटहरी, लुम्बिनी प्रदेशको घोराही, नेपालगंज र बुटवल, कर्णाली प्रदेशको विरेन्द्रनगर, गण्डकी प्रदेशको न्यूरोड पोखरा र दमौली र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर, टिकापुर र धनगढी शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।

एभरेष्ट बैंक लिमिटेडको बागमती प्रदेशको टेकु, बालाजु र सातदोबाटो, कोशी प्रदेशको विराटनगर , मधेश प्रदेशको विरगञ्ज, जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढी शाखा कार्यालय खुल्ला रहनेछन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला रहनेछन् ।

लक्ष्मी सनराइन बैंकको बागमती प्रदेशको हात्तिसार पुल्चोक, गैह्रीधारा र नारायणगढ, कोशी प्रदेशको विराटनगर, काँकडभिट्टा, धनकुटा, विर्तामोड, दमक, इटहरी, धरान, मधेश प्रदेशको जनकपुर विरगञ्ज र लहान, गण्डकी प्रदेशको बगर र बिरौटा, लुम्बिनी प्रदेशको नेपालगंज, बुटवल र भैरहवा, कर्णली प्रदेशका जुम्ला, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखा कार्यालय खुल्ला रहने छन् ।

माछापुच्छ्रे बैंकको बागमती प्रदेशको न्यूरोड, कोटेश्वर, पुतलीसडक, बनेपा, सूर्यविनायक र नारायणगढ, कोशी प्रदेशको बिर्तामोड, दमक, इटहरी र विराटनगर, गण्डकी प्रदेशको नयाँ बजार पोखरा बेनी र दमौली, मधेश प्रदेशको लहान र आदर्शनगर शाखा कार्यालयहरु खुल्ला रहने छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको सुर्खेत, कोहलपुर, खजुरघोराही, गुलरिया, नेपालगंज, अत्तिरिया, धनगढी, न्यूरोड, बालुवाटार, पोखरा, नारायणगढ, भद्रकाली (पोखरा), इटहरी, वीरगञ्ज र बोटेचौर शाखा कार्यालयहरुको होलिडे काउन्टर खुला रहनेछन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला रहनेछन् ।

लुम्बिनी विकास बैंकको विराटनगर, विरगञ्ज, त्रिपुरेश्वर, महेन्द्रपुल, नेपालगंज र धनगढी शाखा कार्यालयहरु खुल्ला रहने छन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला रहने छ ।

गरिमा विकास बैंकको कलंकी, न्यूरोड, नरायणगढ, महेन्द्रपुल, बेनी, तानसेन, बुटवल र नेपालगंज, टंकिसिनवारी, वीरगंज , इटहरी, बालबन्दी, लाजिमपाट, कमलपोखरी, नारायणगढ, पोखरा, वालिङ, बुटवल र कोहलपुर क्षेत्रीय कार्यालयहरु खुल्ला रहनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स