पहिलो त्रैमासमा ४ बैंक अर्बपतिको क्लबमा, अन्यको अवस्था यस्तो छ

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये ३ वटा बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् । अर्बभन्दा बढी कमाउने बैंकको सूचीमा एनआईसी एशिया, नबिल बैंक र एनएमबि बैंक परेका छन् ।

चालु आवको यो अवधिमा सबैभन्दा बढी कमाउने बैंकमा ग्लोबल आईएमई बैंकले १ अर्ब २१ करोड २३ लाख ८८ हजार नाफा गरेको छ । बैंकको गत आवमा १ अर्ब ५ करोड ८८ लाख ४० हजार नाफा कमाएको छ ।

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो ।

नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब बढी नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा करिब ७.३९ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ११ करोड २२ लाख पुयाएको हो ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशतले बढी हो ।

कुन बैकको अवस्था कस्तो ?

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत बढेको छ ।

सञ्चालन मुनाफा १४.९३ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १४.२२ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ११.३१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३.०५ प्रतिशत घटेको छ भने कर्जा ६.२६ प्रतिशत बढेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसा घटेर ४० रुपैयाँ ८४ पैसामा झरेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ ।

नबिल बैंक

नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब बढी नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा करिब ७.३९ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ११ करोड २२ लाख पुयाएको हो । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधीमा बैंकको खुद ब्याज आम्दानी ४२.४१ प्रतिशते बढेपनि इम्पेरमेन्ट चार्ज १६३.६६ प्रतिशतले बढ्दा बैंकको खुद नाफामा असर परेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ ।
बैंकले ब्याज आम्दानीबाट २ अर्ब २४ करोड, कमिसनबाट ४४ करोड कमाएको छ । १३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको नबिल बैंकले असोज मसान्तसम्ममा २ खर्ब २५ अर्ब निक्षेप संकलन गरि २ खर्ब ७ अर्ब कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको बैंकको जगेडा कोष ४.६७ प्रतिशत बढेको छ भने निक्षेप १.०८ प्रतिशतले र कर्जा ४.७१ प्रतिशत बढेको छ । त्यस्तै खराब कर्जा अनुपात ०.६५ प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ ।

खुद मुनाफा बढेपनि बैंकको प्रति सेयर आम्दानी भने ७ रुपैयाँ ८० पैसा घटेर ३२ रुपैयाँ १४ पैसामा झरेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४६.५१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ ।

एनएमबि बैंक
एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशतले बढी हो । गत वर्षको समीक्षा अवधिमा बैंकको खुद मुनाफा ७४ करोड ८१ लाख रुपैयाँ थियो ।

बैंकले गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको वितरणयोग्य मुनफा यस अवधिमा ४५ करोड ८४ लाख पुगेको छ ।

यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिने खुद ब्याज आम्दानी करिब ५ प्रतिशतले बढेर १ अर्ब ३५ करोडबाट १ अर्ब ४२ करोड पुगेको छ । यस अवधिमा बैंकको निक्षेप ५.४६ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब पुगेको छ भने कर्जा लगानी ९.६४ प्रतिशतले बढाएर १ खर्ब ६५ अर्ब पुगेको छ ।

यस अवधिमा बैंकको चुक्तापुंजी १६ अर्ब ३२ करोड रहेको छ भने रिजर्भमा ८ अर्ब ६५ करोड रहेको छ । त्यस्तै खराब कर्जा अनुपात २.२६ प्रतिशतबाट घटेर १.८५ प्रतिशतमा झरेको छ ।

त्यस्तै यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२.४९ प्रतिशतले बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०३ पैसा, र मूल्य आम्दानीको अनुपात १६.०२ गुणा रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ५२.१४ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ छ ।

बैंकको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ब्याज आम्दानीको साथै फि कमिशनमार्फत हुने आम्दानी बढ्दा नाफा बढ्न सहयोग पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने फि कमिशन आम्दानी पनि १९.५५ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन आम्दानीमा पनि ३१.१० प्रतिशतको बृद्धि देखिन्छ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा पनि सामान्य घटेर ०.११ प्रतिशतमा झरेको छ । हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७८ करोड ७२ लाख रुपैयाँ छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ६४ पैसाबाट बढेर २३ रुपैयाँ ४६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मुल्य आम्दानी अनुपात २१.७३ गुणा छ ।

प्राइम कमर्शियल बैंक

प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९० प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घटेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २.६७ प्रतिशत घटेको छ ।

बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ३५.६४ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको जगेडा कोष १३.०९ प्रतिशत बढेको छ । बैंकको निक्षेप ३.३० प्रतिशत बढेको छ भने कर्जा ६.२१ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ११ पैसाबाट ४ रुपैयाँ ७९ पैसा घटेर २४ रुपैयाँ ३२ पैसामा झरेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.६९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा रहेको छ ।

मेगा बैंक

मेगा बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमासमा गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.९६ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको जगेडा कोष १६.४७ प्रतिशत बढेको छ । बैंकको निक्षेप ३.९७ प्रतिशत बढेको छ भने कर्जा ३.२७ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५० पैसाबाट ६ रुपैयाँ ४७ पैसा बढेर २४ रुपैयाँ ९७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकको नाफा चालु आवको पहिलो ३ महिनामा २५.१४ प्रतिशतले घटेको हो । चालु आवको पहिलो त्रैमासिक समीक्षामा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आव सोही अवधिमा बैंकको नाफा ८५ करोड रुपैयाँ थियो ।

बैंकको ब्याज आम्दानी घट्दा नाफा घटेको हो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको ब्याज आम्दानी १६ प्रतिशतले कमी आएको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ९.२६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ०.३८ प्रतिशत बढेको छ भने कर्जा २.४४ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

नेपाल बैंक

नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो । गत आव सोही अवधिमा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले ब्याजबाट १ अर्ब ६५ करोड ९० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा घटेको देखिन्छ । चालु आवको पहिलो त्रैमासमा वितरण योग्य नाफा १४ करोड ६८ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा वितरण योग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप ६.३२ प्रतिशत र कर्जा ९.३९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४।६६ प्रतिशत बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट ४ रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ ।

कुमारी बैंक

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक लिमिटेडको खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १०.५८ प्रतिशत घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोड ६३ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ६.७५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ६.४१ प्रतिशत बढेको छ भने कर्जा १०.५० प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २५ पैसाबाट ३ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ६० पैसामा झरेको छ । असोज मसान्तसम्म बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा छलाङ मारेको छ । बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको वितरयोग्य मुनाफा ४८ करोड ६२ लाख ऋणात्मक रहेको थियो ।

खुद ब्याज आम्दानी बढ्दा पनि इम्पेरमेन्ट चार्ज घट्दा बैंकको खुद नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ८७.२७ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६५.८१ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ३.८५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १.४४ प्रतिशत बढेको छ भने कर्जा ९.२३ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५ पैसाबाट १४ रुपैयाँ ५५ पैसा बढेर ३४ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने ईपीएस अर्थात प्रतिसेयर आम्दानी घटेको छ । खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.१२ प्रतिशत बढेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.९२ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफामा वृद्धि र इम्पेरिमेन्ट चार्जको लागि कम रकम छुट्याउदा बैंकको नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७२.९९ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १०.८६ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १.९८ प्रतिशतले मात्र बढेको छ । बैंकको निक्षेप २.३२ प्रतिशत बढेको छ भने कर्जा ६.१३ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ ।
बैंकको मूल्य आम्दानी अनुपात २७.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा रहेको छ ।

वाणिज्य बैंकहरुको नाफा

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स