काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुटरक्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले (पीओएस) मेसिन र अनलाईन मार्पmत १००० रुपैयाँ वा बढीको कारोबार गर्दा १७% वा बढिमा १७० रूपैयाँ क्यासब्याक दिइने छ ।
यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रूपैयाँ वा बढीको कारोबार गर्दा १७% वा बढीमा १७० रूपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिन चाहने ग्राहक महानुभावहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।
त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रूपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।