एनएमबि बैंक पनि अर्बपतिको क्लबमा, खराब कर्जा पनि घट्यो

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशतले बढी हो । गत वर्षको समीक्षा अवधिमा बैंकको खुद मुनाफा ७४ करोड ८१ लाख रुपैयाँ थियो ।

बैंकले गत वर्षको तुलनामा यस चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको वितरणयोग्य मुनफा यस अवधिमा ४५ करोड ८४ लाख पुगेको छ ।

यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिने खुद ब्याज आम्दानी करिब ५ प्रतिशतले बढेर १ अर्ब ३५ करोडबाट १ अर्ब ४२ करोड पुगेको छ । यस अवधिमा बैंकको निक्षेप ५.४६ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब पुगेको छ भने कर्जा लगानी ९.६४ प्रतिशतले बढाएर १ खर्ब ६५ अर्ब पुगेको छ ।

यस अवधिमा बैंकको चुक्तापुंजी १६ अर्ब ३२ करोड रहेको छ भने रिजर्भमा ८ अर्ब ६५ करोड रहेको छ । त्यस्तै खराब कर्जा अनुपात २.२६ प्रतिशतबाट घटेर १.८५ प्रतिशतमा झरेको छ ।

त्यस्तै यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२.४९ प्रतिशतले बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०३ पैसा, र मूल्य आम्दानीको अनुपात १६.०२ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स