प्रभु बैंकको नाफा २५ प्रतिशतले घट्यो

काठमाडौं । प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकको नाफा चालु आवको पहिलो ३ महिनामा २५.१४ प्रतिशतले घटेको हो । चालु आवको पहिलो त्रैमासिक समीक्षामा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आव सोही अवधिमा बैंकको नाफा ८५ करोड रुपैयाँ थियो ।

बैंकको ब्याज आम्दानी घट्दा नाफा घटेको हो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको ब्याज आम्दानी १६ प्रतिशतले कमी आएको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ९.२६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ०.३८ प्रतिशत बढेको छ भने कर्जा २.४४ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ।

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स