५२ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ५२.१४ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ छ ।

बैंकको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ब्याज आम्दानीको साथै फि कमिशनमार्फत हुने आम्दानी बढ्दा नाफा बढ्न सहयोग पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने फि कमिशन आम्दानी पनि १९.५५ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन आम्दानीमा पनि ३१.१० प्रतिशतको बृद्धि देखिन्छ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा पनि सामान्य घटेर ०.११ प्रतिशतमा झरेको छ । हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७८ करोड ७२ लाख रुपैयाँ छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ६४ पैसाबाट बढेर २३ रुपैयाँ ४६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मुल्य आम्दानी अनुपात २१.७३ गुणा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स