नेपाल बैंकको नाफा ३७ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो । गत आव सोही अवधिमा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले ब्याजबाट १ अर्ब ६५ करोड ९० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा घटेको देखिन्छ । चालु आवको पहिलो त्रैमासमा वितरण योग्य नाफा १४ करोड ६८ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा वितरण योग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप ६.३२ प्रतिशत र कर्जा ९.३९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४।६६ प्रतिशत बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट ४ रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स