प्राइम कमर्शियल बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा असर

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९० प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घटेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २.६७ प्रतिशत घटेको छ ।

बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ३५.६४ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको जगेडा कोष १३.०९ प्रतिशत बढेको छ । बैंकको निक्षेप ३.३० प्रतिशत बढेको छ भने कर्जा ६.२१ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ११ पैसाबाट ४ रुपैयाँ ७९ पैसा घटेर २४ रुपैयाँ ३२ पैसामा झरेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.६९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स