काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको स्वामित्वमा रहेको ४ लाख ५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ निर्धारण गरिएको छ । उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आवेदन दिन सक्ने छन् ।
आवेदन पेस गर्ने अन्तिम मिति वैशाख ११ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।