मेगा बैंकको नाफा ५० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमासमा गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.९६ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको जगेडा कोष १६.४७ प्रतिशत बढेको छ । बैंकको निक्षेप ३.९७ प्रतिशत बढेको छ भने कर्जा ३.२७ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५० पैसाबाट ६ रुपैयाँ ४७ पैसा बढेर २४ रुपैयाँ ९७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स