नबिल बैंकको नाफा १ अर्ब माथि, प्रतिसेयर आम्दानी भने घट्यो

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब बढी नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा करिब ७.३९ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ११ करोड २२ लाख पुयाएको हो । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधीमा बैंकको खुद ब्याज आम्दानी ४२.४१ प्रतिशते बढेपनि इम्पेरमेन्ट चार्ज १६३.६६ प्रतिशतले बढ्दा बैंकको खुद नाफामा असर परेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब २४ करोड, कमिसनबाट ४४ करोड कमाएको छ । १३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको नबिल बैंकले असोज मसान्तसम्ममा २ खर्ब २५ अर्ब निक्षेप संकलन गरि २ खर्ब ७ अर्ब कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको बैंकको जगेडा कोष ४.६७ प्रतिशत बढेको छ भने निक्षेप १.०८ प्रतिशतले र कर्जा ४.७१ प्रतिशत बढेको छ । त्यस्तै खराब कर्जा अनुपात ०.६५ प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ ।

खुद मुनाफा बढेपनि बैंकको प्रति सेयर आम्दानी भने ७ रुपैयाँ ८० पैसा घटेर ३२ रुपैयाँ १४ पैसामा झरेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४६.५१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स